रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भूजीले करिब सबै घरधुरीमा खानेपानीका धारा पुर्याएको छ । वडाध्यक्ष रुद्रमणि नेवारका अनुसार केही महिना भित्रै बाँकी रहेका घरमा पनि खानेपानीका धारा पुग्ने छन् । सो वडामा हाल ७ सय ३२ घरधुरी रहेका छन् । ती मध्ये अब करिब ३० घरधुरीमा मात्र खानेपानीका धारा पुग्न बाँकी रहेको नेवारले बताउनुभयो । अब साविकको वडा नं १ को पाँच घर, ४ नं का दुई घर, ५ का केही घर, ६ का ६ घर र ९ नं का १० घरमा धारा पुर्याउन बाँकी छ । ती घरमा पनि केही महिना भित्रै खानेपानीका धारा जोडिसक्ने उहाँले बताउनुभयो ।
गाउँपालिका, वडा कार्यालय, ब्रिटिस वेयलफियर लगायतका संस्थाका सहकार्यमा घरघरमा धारा पुर्याउन सम्भव भएको उहाँले बताउनुभयो । भौगालीक विकटताको कारण घर घरमा खानेपानी, विद्युतीकरण, सडक पुर्वाधार पुर्याउन निक्कै खर्चिलो भएको श्रेष्ठ बताउनुहुन्छ । तथापि जनताको जीवनसँग जोडिएको विषय भएकोले यसलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो । वडाका सबै घरमा विद्युत सेवा समेत आफ्नो कार्यकालमा पुर्याउन सफल भएको उहाँले बताउनुभयो । अहिले वडाका सबै घरमा केन्द्रीय प्रशारण लाइनको विद्युत बलेको उहाँले बताउनुभयो । आफैँ विद्युत जडानको लागि मिटरबक्स किन्न नसक्ने तथा घरमा विद्युत वाइरिङ समेत गर्न नसक्ने विपन्न घर परिवारको लागि त्यो सबै खर्च वडा कार्यालयले व्यहोरेर विपन्नको घर उज्यालो पारिदिएको छ ।
दुर्गम गाउँमा घरघरमा खानेपानीका धारा
- प्रकाशित मिति: आइतबार, पुष ४ २०७८
- तामाकोशी