रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री स्वर्गिय मनमोहन अधिकारीको प्रतिमा अनावरण गरिएको छ । मन्थली नगरपालिकाले नगर कार्यापालिका कार्यालय अगाडिको पार्कमा राखेको अधिकारीको सालिक बिहीबार अनावरण गरिएको हो । मन्थली नगरपालिकाको स्थापना दिवसको अवसर पारेर नगरप्रमुख रमेशकुमार बस्नेतलेले प्रतिमा अनावरण गर्नुभयो । नगर कार्यपालिको अगाडि खालि रहेको जग्गामा नगरपालिकाले सानो पार्क बनाएको छ । सोही पार्कमा स्वर्गीय अधिकारीको प्रतिमा राखिएको छ ।
मन्थलीमा प्रथम कम्युनिष्ट प्रधानमन्त्रीको प्रतिमा अनावरण
- प्रकाशित मिति: बिहिबार, मंसिर १६ २०७८
- तामाकोशी