रामेछापमा ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

  • प्रकाशित मिति: बिहिबार, मंसिर ९ २०७८
  • तामाकोशी

रामेछाप । एक ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामेछाप नगरपालिका–८ का ७२ वर्षीय मंगल तामाङ पक्राउ परेका छन् । ती बालिकालाई चाउचाउ किन्न गएको मौका पारेर फकाई मंगबार दिउँसो आफ्नै घरको कोठामा लगि बलात्कार गरेको सूचनाको आधारमा घटना हुने बित्तिक आरोपीलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्सपेक्टर श्रीशंकर श्रेष्ठले जनाकारी दिनुभयो । आरोपीलाई बुधबार अदालतमा पेस गरी ५ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।