राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष शेर्पाको निधन

  • प्रकाशित मिति: बुधबार, मंसिर ८ २०७८
  • तामाकोशी

काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषद् राखेपका पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ । ५१ वर्षको उमेरमा उहाँको बुधबार बिहान निधन भएको हो । शेर्पा नेपाल बास्केटबल संघका पूर्वअध्यक्षसमेत हुनुहुन्थ्यो । नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्वमहासचिव समेत रहनुभएका शेर्पा पछिल्लो तीन वर्षदेखि नशा सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।