जिल्ला अदालत रामेछापमा प्रधानन्यायाधीशको विरुद्धमा धर्ना

  • प्रकाशित मिति: आइतबार, कार्तिक २८ २०७८
  • तामाकोशी

रामेछाप । जिल्ला अदालत रामेछापमा नेपाल बार एसोसिएशन रामेछापले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध धर्ना दिएको छन् । बारले आइतबार बिहान १०ः०० बजेदेखि ११ः०० बजेसम्म प्रधानन्यायाधीश जबराविरुद्ध एकघण्टा धर्ना दिएको । प्रधानन्यायाधीश जबराविरुद्ध कार्तिक ३० गते मंगलबारसम्म दैनिक एक घण्टा जिल्ला अदालतमा परिषरमा धर्ना दिने नेपाल बार एसोसिएशन रामेछापका पूर्व अध्यक्ष पाण्डव प्र्रसाद प्रसाईले बताउनुभयो । जबराको राजीनामा मागेर गएको १४ गतेदेखि बारले सर्वाेच्च अदालतमा निरन्तर आन्दोलन गर्दै आएको छ । आजदेखि जिल्ला तथा इकाईहरु पनि आन्दोलनमा उत्रिएको हो । सर्वोच्च अदालतका पूर्व तथा बहालवाला न्यायाधीश, नेपाल बार तथा विभिन्न सङ्घसंस्थाको विरोधका कारण दबाबमा परेको सरकारले न्यायालयको गतिरोध अन्त्य गर्न छलफल थालेको बताइएको छ ।