रामेछाप । जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले अप्ठेरो परेको बेला नजिकैका संस्था चाहिने बताउनुभएको छ । भूकम्प, कोडिभ र बाढी पहिरो जस्ता विपत्तिमा स्थानीय स्तरका सामाजिक संस्था र सहकारी संस्थाले नागरिकलाई धेरै सहयोग गरेका उहाँको भनाई छ । रामेछापको मन्थली नगरपालिका वडा नं ८ मा रहेको समावेशी बचत तथा ऋण सहकारी संस्थाको बाह्रौ वार्षीक साधारण सभालाई आइतबार चिसापानीमा सम्बोधन गर्दै प्रमुख खड्काले यस्तो बताउनुभएको हो । उहाँले सहकारीमा प्रत्येक सदस्यको पसिना पर्ने भएकोले त्यसलाई जोगाउन पनि सबै शेयर सदस्य लाग्नु पर्नेमा जोड दिनुभयो । योजना बनाएर ऋण लिने र लिएको ऋण सही काममा लगाउने गरेमा सहकारी र शेयर सदस्य दुवै धनी हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष गोपाल श्रेष्ठले सहकारी संस्थामा १ हजार २ सय ५३ जना सदस्य रहेको जानकारी दिनुभयो । संस्थाले सदस्य सुरक्षा कोष स्थापना गरी ज्यान गुमाएका शेरय सदस्यका परिवालाई १५ हजार रुपैँयासम्म प्रदान गर्दै आएको उहाँले बताउनुभयो । त्यस्तै सामाजिक विकास सहयोग कार्यक्रम अन्तर्गत कोभिडको उपचारमा स्थानीय स्वास्थ्य संस्थालाई आवश्यक सहयोग गरेको पनि उहाँले जानकारी दिनुभयो । प्रत्येक सदस्यको १ लाख रुपैँयाको दुर्घटना बीमा तथा विपत व्यवस्थान कोष स्थापना गरेर रकम विनियोजन गरेको पनि उहाँले बताउनुभयो । सो सहकारी संस्थाले बैँक र मन्थली नगरपालिकासँग सहकार्य गरी सामाजिक सुरुक्षा भत्ता वितरणको काम गरेको उहाँले जानकारी दिनुभयो । सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सो संस्था देशकै एक मात्र सहकारी संस्था भएको पनि उहाँले बताउनुभयो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष भीमकुमार श्रेष्ठले यस वर्ष संस्थाले सबै खर्च कटाएर १० लाख ९ हजार रुपैँया बचत गर्न सफल भएको बताउनुभयो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष भीमकुमार श्रेष्ठले यस वर्ष संस्थाले सबै खर्च कटाएर १० लाख ९ हजार रुपैँया बचत गर्न सफल भएको बताउनुभयो । उहाँले तरल रकम बढेकोले शेयर सदस्यलाई व्यवसायीक कामका लागि ऋण सहयोग लिन आग्रह गर्नुभयो । साधारण सभाले संस्थाको नियमावलीसमेत संशोधन गरेको सहकारीका व्यवस्थाकप अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।
