रामेछाप । देशभर जस्तै रामेछापमा पनि जनगणनाका लागि सूचीकरण गर्ने काम भैरहेको छ । राष्ट्रिय जनगणना २०७८ का लागि दुई वटा नगरपालिका र छ वटा गाउँपालिकाको ६४ वटा वडा रहेको जिल्लामा ६९ जना सुपरिवेक्षक परिचालन गरिएको जिल्ला जनगणना कार्यालय रामेछापले जनाएको छ । जनगणनाका लागि जनगणना कार्यालयले जिल्लाका ४ स्थानीय तहमा जनगणना कार्यालय स्थापना गरेको छ ।
जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिका, रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिका र गोकुलगङ्गा गाउँपालिकामा स्थानीय जनगणना कार्यालय स्थापना गरी गरी काम सुरु गरिएको जिल्ला जनगणना कार्यालय रामेछापका कार्यालय प्रमुख सुरेश खतिवडाले बताउनुभयो ।
६९ जना सुपरिवेक्षकलाई भदौ ३० गतेदेखि नै सम्बन्धित कार्यक्षेत्रमा खटिएका छन्, सुरुमा तालिम सञ्चालन भईरहेको अवस्थामा कोरोना भाइरस कोभिड–१९ को दोस्रो लहरको जोखिम बढेपछि स्थगित गरिएको थियो उहाँले भन्नुभयो।
केही दिन अघि सुपरिवेक्षकलाई उनीहरुले मात्रै गर्नुपर्ने काम समेटेर र पहिला पाँच दिन तालिम दिँदा छुटेका कोर्सहरु समावेश गरेर थप दुई दिन तालिम दिईएको र त्यसपछि मात्रै फिल्डमा खटाईएको कार्यालय प्रमुख खतिवडाको भनाई छ । २०६८ सालको जनगणना अनुसार रामेछाप जिल्लाको जनसङ्ख्या दुई लाख दुई हजार ६६४ छ ।
रामेछापमा जनगणनाका लागि ६९ जना सुपरिवेक्षक परिचालन
- प्रकाशित मिति: सोमबार, असोज ४ २०७८
- तामाकोशी