४५ वर्ष माथिका नागरिक र परीक्षामा सामेल हुने विद्यार्थीलाई कोरोना विरुद्धको खोप

  • प्रकाशित मिति: मंगलबार, भाद्र २९ २०७८
  • तामाकोशी

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले ४५ वर्ष माथिका नागरिक, १८ वर्ष पुगेका कक्षा १२ का विद्यार्थी र त्रि.वि लगायत विश्वविद्यालय स्तरका विभिन्न तहका विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाउने भएको छ । मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले सोमबार एक सूचना निकालेर भदौ ३० गते बुधबारदेखी ३१ गते विहीबारम्म लक्षित समुहलाई तोकिएको खोपकेन्द्रबाट खोप लगाउन आग्रह गर्नुभएको छ । सूचनामा मन्थली नगरपालिकाभित्रका सवै १४ वटै वडाका ४५ वर्ष भन्दा माथिका नागरिकहरु, १८ वर्ष पुगेका कक्षा १२ का विद्यार्थीहरु, त्रि.वि.वि लगायत विश्वविद्यालय स्तरका विभिन्न तह ब्याचलर, मास्टरका परीक्षामा निकट भविष्यमा सामेल हुन प्रवेश–पत्र लिएका विद्यार्थीहरुलाई सवै वडाका प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीको खोप केन्द्रमा गएर खोप लगाउन अनुरोध गरिएको छ । खोप लगाउन आउँदा अनलाइन फारम भरी दर्ता नम्बर, नागरिकता वा उमेर खुल्ने प्रमाणपत्र तथा विद्यार्थीका हकमा परिचय–पत्र तथा परीक्षामा सामेल हुने प्र्रवेश–पत्र अनिवार्य रुपमा लिएर आउन अनुरोध गरिएको छ ।