रामेछापमा कोरोनाबाट थप एक जनाको मृत्यु

  • प्रकाशित मिति: सोमबार, साउन ३२ २०७८
  • तामाकोशी

रामेछाप। रामेछापमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणपछि जिल्ला अस्पताल रामेछापमा उपचारत एक महिलाको सोमबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । साउन २५ गते एन्टिजेन परीक्षण गर्दा कोरोना देखिएकी रामेछाप नगरपालिका वडा नं ५ की ९७ वर्षिया महिलाको उपचारका क्रममा सोमबार बिहान ७ः३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय रामेछपका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो ।