रामेछापमा आज ३४ जना कोरोना सङ्क्रमित थपिए, ३३ जना सङ्क्रमणमुक्त

  • प्रकाशित मिति: शुक्रबार, साउन २९ २०७८
  • तामाकोशी

रामेछाप । जिल्लामा शुक्रबार ५० जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको कुल सङ्ख्या ३ हजार ३ जना पुगेको छ । शुक्रबार जिल्ला अस्पताल रामेछापमा ८ जना, प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा दुई जना, खाँडादेवी गाउँपालिकामा तीन जना, गोकुलगंगा गाउँपालिकामा एक जना र सुनापति गाउँपालिकामा तीन जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार शुक्रबार मन्थली नगरपालिकामा १४ जना र रामेछाप नगरपालिकामा ३ जनको पीसीआर परीक्षण रीपोर्ट पोजेटिभ आएको छ । जिल्लामा शुक्रबार ३३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुँनेको सङ्ख्या दुई हजार ७३५ जना पुगेको छ । शुक्रबार जिल्ला अस्पतालबाट एक जना, मन्थली नगरपालिकाबाट तीन जना, रामेछाप नगरपालिकाबाट ११ जना, उमाकुण्ड गाउँपालिकाबाट एक जना, खाँडादेवी गाउँपालिकाबाट ८ जना, गोकुलगंगा गाउँपालिकाबाट दुई जना, दोरम्बा गाउँपालिकाबाट २ जना, सुनापति गाउँपालिकाबाट ४ जना र सुनापति गाउँपालिकाबाट एक जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार कोरोना सङ्क्रमणबाट जिल्लामा अहिलेसम्म २२ जनाको ज्यान गएको छ भने ३६ जनालाई थप उपचारका लागि रिफर गरिएको छ । जिल्लामा अहिले २४६ जना कोरोनाका संक्रिय संक्रमित छन् ।