रामेछाप । जिल्लामा मंगलबार ६० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई हजार ७०० जना पुगेको छ । मंगलबार रामेछाप अस्पतालबाट दुई जना, मन्थली नगरपालिकाबाट ८ जना, रामेछाप नगरपालिकाबाट ११ जना, खाँडादेवी गाउँपालिकाबाट १० जना, गोकुलगंगा गाउँपालिकाबाट २५ जना र दोरम्बा गाउँपालिकाबाट चार जना कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यस्तै जिल्लामा मंगलबार १७ जना कोरोना सङ्क्रमित थपिएका छन् । आइतबार जिल्ला अस्पतालमा चार जना, प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा तीन जना, खाँडादेवी गाउँपालिकामा दुई जना, गोकुलगंगा गाउँपालिकामा तीन जना, लिखुतामाकोशी गाउँपालिकामा दुई जना र तामाकोसी अस्पतालमा तीन जनाको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या दुई हजार ९३२ जना पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म जिल्लामा कोरोना सङ्क्रमणबाट २२ जनाको ज्यान गएको छ भने ३४ जनालाई थप उपचारका लागि रिफर गरिएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले २१० जना कोरोनाका संक्रिय संक्रमित छन् ।
रामेछापमा आज ६० जना कोरोना सङ्क्रमणमुक्त, १७ जना सङ्क्रमित थपिए
- प्रकाशित मिति: मंगलबार, साउन २६ २०७८
- तामाकोशी