रामेछाप । जिल्लामा शनिबार ५० जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको कुल सङ्ख्या दुई हजार ८९१ जना पुगेको छ । शनिबार प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा दुई जना, खाँडादेवी गाउँपालिकामा पाँच जना र गोकुलगंगा गाउँपालिकामा पाँच जना, दोरम्बा गाउँपालिकामा एक जना र सुनापति गाउँपालिकामा चार जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार शनिबार मन्थली नगरपालिकामा २६ जना र रामेछाप नगरपालिकामा ७ जनको पीसीआर परीक्षण रीपोर्ट पोजेटिभ आएको छ । जिल्लामा शनिबार ५९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुँनेको सङ्ख्या दुई हजार ५८२ जना पुगेको छ । शनिबार जिल्ला अस्पतालबाट ८ जना, मन्थली नगरपालिकाबाट १६ जना, रामेछाप नगरपालिकाबाट १६ जना, उमाकुण्ड गाउँपालिकाबाट एक जना, खाँडादेवी गाउँपालिकाबाट ११ जना, गोकुलगंगा गाउँपालिकाबाट तीन जना र लिखुतामाकोसी गाउँपालिकाबाट पाँच जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार कोरोना सङ्क्रमणबाट जिल्लामा अहिलेसम्म २२ जनाको ज्यान गएको छ भने ३४ जनालाई थप उपचारका लागि रिफर गरिएको छ । जिल्लामा अहिले २८७ जना कोरोनाका संक्रिय संक्रमित छन् ।
रामेछापमा आज ५० जना कोरोना सङ्क्रमित थपिए, ५९ जना सङ्क्रमणमुक्त
- प्रकाशित मिति: शनिबार, साउन २३ २०७८
- तामाकोशी