रामेछाप । बागमती प्रदेश सरकारद्धारा रामेछापमा निर्माण तथा कालोपत्रे भएका विभिन्न सडकको एकसाथ उद्घाटन गरिएको छ । प्रदेश सरकार मार्फत निर्माण भएका मन्थली, मदौ,राल्टार, समालिस्थान सालु सडक , मन्थली, गाल्वा, चौरीखोला, लखनपुर सडक, खिम्ती, फर्पु, नामाडी, बेताली सडक र जिल्लामा हालसम्म कालोपत्रे भएका ६४ किलोमिटर सडको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एकैसाथ विहीबार उद्घाटन गर्नुभएको हो । सदरमुकाम मन्थलीमा भएको एक कार्यक्रमबाट सडकहरुको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले साढे तीन वर्षको अवधिमा बागमती प्रदेश सरकारले निकै राम्रा काम गरेको दाबि गर्नुभयो ।
प्रदेश सरकारले सवै नागरिकका मुहारमा खुसी ल्याउनेगरी विकास, समृद्धि र परिवर्तनका लागि काम गरिरहेको छ, अब बाँकी रहेको डेढ वर्षको अवधिमा प्रदेश सरकारले ठुला परिवर्तनको अनुभूति हुनेखालका काम गर्छ मुख्यमन्त्री पौडेलले भन्नुभयो । कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुङ्गेलले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सडक, खानेपानी लगायतका क्षेत्रमा बागमती प्रदेश सरकारले विकासको लहर नै चलाएको बतानुभयो । प्रदेश सरकारले जनताका हितका लागि द्रुत गतिमा विकास गरिरहेको छ, कही कतै भएका काममा गुणस्तर नभएको गुनासो पनि आएका छन्, विकासका कामको गुणस्तरियतामा कही सम्झौता हुँदैन उहाँले भन्नुभयो । गुणस्तरहीन काम भएको गुनासो आएका आयोजनाका बारेमा सम्बन्धीत जिल्लाका प्रमुख जिल्लाअधिकारीले टाक्स फोर्स बनाएर आवश्यक अध्ययन अनुशन्धान गरी दण्डीत गर्नुपर्नेमा मन्त्री ढुङ्गेलको जोड थियो । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयालले प्रदेश सरकारले सिङ्गो प्रदेशको पूर्वाधार विकासका क्षेत्रमा धेरै राम्रा काम गरेको बताउनुभयो । प्रदेशभित्रका विकास निर्माणका कामलाई अझै गुणस्तर र परिणाममुखी बनाउँने कुरालाई बागमती प्रदेश सरकारले जोड दिएको छ उहाँले भन्नुभयो ।



????????????????????????????????????