रामेछापमा आज ३३ जना कोरोना सङ्क्रमित थपिए, २६ जना सङ्क्रमणमुक्त

  • प्रकाशित मिति: मंगलबार, साउन १९ २०७८
  • तामाकोशी

रामेछाप । जिल्लामा मंगलबार ३३ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको कुल सङ्ख्या दुई हजार ७७७ जना पुगेको छ । मंगलबार जिल्ला अस्पालतमा चार जना, प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा चार जना, उमाकुण्ड गाउँपालिकामा एक जना, खाँडादेवी गाउँपालिकामा १० जना, गोकुलगंगा गाउँपालिकामा चार जना, दोरम्बा गाउँपालिकामा एक जना, लिखुतामाकोशी गाउँपालिकामा दुई जना, सुनापति गाउँपालिकामा एक जना र तामाकोसी अस्पतालमा ६ जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यस्तै, जिल्लामा मंगलबार २६ जना कोरोनामुक्त भएका छन् । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई हजार ४९९ जना पुगेको छ । मंगलबार मन्थली नगरपालिकाबाट १७ जना, रामेछाप नगरपालिकाबाट ७ जना कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म जिल्लामा कोरोना सङ्क्रमणबाट २२ जनाको ज्यान गएको छ भने ३४ जनालाई थप उपचारका लागि रिफर गरिएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले २५६ जना कोरोनाका संक्रिय संक्रमित छन् ।