रामेछापमा आज १९ जना कोरोनामुक्त, १८ जना सङ्क्रमित थपिए

  • प्रकाशित मिति: बिहिबार, साउन १४ २०७८
  • तामाकोशी

रामेछाप । जिल्लामा विहीबार १९ जना कोरोनामुक्त भएका छन् । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई हजार ४१३ जना पुगेको छ । विहीबार जिल्ला अस्पताल मन्थली नगरपालिकाबाट दुई जना, रामेछाप नगरपालिकाबाट ११ जना, उमाकुण्ड गाउँपालिकाबाट दुई जना, गोकुलगंगा गाउँपालिकाबाट तीन जना र दोरम्बा गाउँपालिकाबाट एक जना कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यस्तै जिल्लामा विहीबार १८ जना कोरोना सङ्क्रमित थपिएका छन् । विहीबार जिल्ला अस्पतालमा दुई जना, मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा दुई जना, रामेछाप नगरपालिकामा तीन जना, उमाकुण्ड गाउँपालिकामा एक जना, खाँडादेवी गाउँपालिकामा चार जना, गोकुलगंगा गाउँपालिकामा चार जना र लिखुतामाकोशी गाउँपालिकामा दुई जनाको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या दुई हजार ६०८ जना पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म जिल्लामा कोरोना सङ्क्रमणबाट २१ जनाको ज्यान गएको छ भने ३३ जनालाई थप उपचारका लागि रिफर गरिएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले १७४ जना कोरोनाका संक्रिय संक्रमित छन् ।