रामेछापमा आज १५ जना कोरोना सङ्क्रमित थपिए, ९ जना सङ्क्रमणमुक्त

  • प्रकाशित मिति: बुधबार, साउन १३ २०७८
  • तामाकोशी

रामेछाप । जिल्लामा बुधबार १५ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको कुल सङ्ख्या दुई हजार ५९० जना पुगेको छ । बुधबार जिल्ला अस्पालतमा आठ जना, उमाकुण्ड गाउँपालिकामा एक जना, खाँडादेवी गाउँपालिकामा एक जना, गोकुलगंगा गाउँपालिकामा दुई जना र लिखुतामाकोशी गाउँपालिकामा एक जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार रामेछाप नगरपालिकाका दुई जनामा पीसीआर परीक्षणबाट कोरोना पोजेटिभ देखिएको छ । यस्तै, जिल्लामा बुधबार ९ जना कोरोनामुक्त भएका छन् । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई हजार ३९४ जना पुगेको छ । बुधबार मन्थली नगरपालिकाबाट चार जना, रामेछाप नगरपालिकाबाट दुई जना र दोरम्बा गाउँपालिकाबाट तीन जना कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म जिल्लामा कोरोना सङ्क्रमणबाट २१ जनाको ज्यान गएको छ भने ३२ जनालाई थप उपचारका लागि रिफर गरिएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले १७५ जना कोरोनाका संक्रिय संक्रमित छन् ।