रामेछाप । जिल्लामा बुधबार १५ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको कुल सङ्ख्या दुई हजार ३६१ जना पुगेको छ । बुधबार जिल्ला अस्पालतमा पाँच जना, रामेछाप नगरपालिकामा दुई जना, उमाकुण्ड गाउँपालिकामा पाँच जना र दोरम्बा गाउँपालिकामा तीन जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यस्तै जिल्लामा बुधबार १२ जना कोरोनामुक्त भएका छन् । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई हजार १९५ जना पुगेको छ । बुधबार मन्थली नगरपालिकाबाट दुई जना, उमाकुण्ड गाउँपालिकाबाट एक जना, खाँडादेवी गाउँपालिकाबाट ६ जना, गोकुलगंगा गाउँपालिकाबाट एक जना, लिखुतामाकोशी गाउँपालिकाबाट एक जना र सुनापति गाउँपालिकाबाट एक जना कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म जिल्लामा कोरोना सङ्क्रमणबाट २० जनाको ज्यान गएको छ भने ३२ जनालाई थप उपचारका लागि रिफर गरिएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले १४६ जना कोरोनाका संक्रिय संक्रमित छन् ।
रामेछापमा आज १५ जना कोरोना सङ्क्रमित थपिए, १२ जना सङ्क्रमणमुक्त
- प्रकाशित मिति: बुधबार, असार ३० २०७८
- तामाकोशी