रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले कोरोना भाइरस कोभिड–१९ बाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड र सरकारले जारी गरेको निर्देशनको पूर्ण पालना गर्न आग्रह गर्दै तपाइको मास्क खै ? अभियान चलाइरहेको छ । नागरिकमा प्रहरीलाई देख्ने बित्तिकै खल्तीबाट माक्स झिकेर लगाउने गैरजिम्मेवार प्रबृत्ति बढीरहेको भन्दै कोभिड संक्रमीत भई भयावह स्थितिको सृजना हुन सक्ने सम्भावना रहेको भन्दै प्रहरीले ठाउँठाउँमा यो अभियान सञ्चालन गरेको हो । जिल्लामा जारी निषेधाज्ञा खुकुलो बनाइए पनि पुर्णरुपमा हटेको छैन । कोभिड संक्रमण दर पनि खासै घटेको छैन । प्रहरीले होटेल,पसल, ब्यापारीक केन्द्र र सार्बजनिक स्थानहरुमा लापरबाही बढेको , माक्स, सामाजिक दुरि लगायतको स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना नभएको भन्दै तपाइको मास्क खै अभियान सञ्चालन गरेको हो । प्रहरीले आफ्नो घर, होटेल, पसल, सार्वजनिक स्थानमा एक ब्यक्तिले अर्को ब्यक्तिलाई कुनै चिजबस्तु दिँदा वा लिई सकेपछि तुरुन्त सेनिटाईजर र सम्भब भए सम्म ग्लोव्स (पन्जा) को प्रयोग गर्न, अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरेको छ ।
स्वास्थ्य सुरक्षाका मापदण्ड र जारी निर्देशन पूर्ण पालना गर्न प्रहरीको आग्रह
- प्रकाशित मिति: शुक्रबार, असार २५ २०७८
- तामाकोशी