रामेछापमा आज १८ जना कोरोनामुक्त, १० जना सङ्क्रमित थपिए

  • प्रकाशित मिति: आइतबार, असार १३ २०७८
  • तामाकोशी

रामेछाप । रामेछापमा आइतबार १८ जना कोरोनामुक्त भएका छन् । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ८७३ जना पुगेको छ । आइतबार मन्थली नगरपालिकाबाट ७ जना, रामेछाप नगरपालिकाबाट पाँच जना, खाँडादेवी गाउँपालिकाबाट एक जना, गोकुलगंगा गाउँपालिकाबाट दुई जना र लिखुतामाकोशी गाउँपालिकाबाट तीन जना कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यस्तै जिल्लामा आइतबार १० जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्ला अस्पतालमा तीन जना, उमाकुण्ड गाउँपालिकामा चार जना, गोकुलगंगा गाउँपालिकामा एक जना र सुनापति गाउँपालिकामा दुई जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या दुई हजार ८५ जना पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म जिल्लामा कोरोना सङ्क्रमणबाट १९ जनाको ज्यान गएको छ भने २५ जनालाई थप उपचारका लागि रिफर गरिएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले १९३ जना कोरोनाका संक्रिय संक्रमित छन् ।