रामेछाप । जिल्लामा कोरोना भाइरस कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी छ । पछिल्लो समय निषेधाज्ञा खुकुलो पारीएको छ । जसका कारण जिल्लाका बजार क्षेत्रमा भिडभाड बढ्दै गएको छ । निषेधाज्ञालाई खुकुलो बनाइएसँगै बजार क्षेत्र जस्तै गाउँगाउँमा पनि भिडभाड जन्य क्रियाकलापहरु पूजा, भोज, अनि अन्य रमाइला कार्यहरु हुन थालेका छन् । बजार क्षेत्रमा चहलपहल बढ्न थालेपछि जुवा, तास खेल्ने, साथिभाइ जम्मा भइ रमाइलो गर्ने जस्ता बढ्दै गएका छन् । विश्वब्यापी रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई अवज्ञा गरी अवैध रुपमा जुवा खेलिरहेको अवस्थामा मन्थली नगरपालिका वडा नं १ बाट पाँच जनालाई नगद सहित प्रहरीले पक्राउ गरेको छ ।
मन्थली नगरपालिका–१ घारी खहरे स्थित चन्द्र बहादुर माझीको घरमा जुवा खेल्ने पाँच जनालाई शुक्रबार मध्यराति प्रहरीले पक्राउ गरेको हो । जुवा खेलिरहेका पाँच जनालाई एक लाख ९२ हजार ९५० रुपियाँ नगद र १६ थान कौडासहित पक्राउ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक श्रीशकंर श्रेष्ठले बताउनुभयो । जुवा खेलिरहेका मन्थली नगरपालिका वडा नं १ का चन्द्र बहादुर माझी (घर धनी), मन्थली नगरपालिका वडा नं ६ हात्तिटारका ४० बर्षिय तेज बहादुर माझी, मन्थली नगरपालिका वडा नं ८ गाईखुराका ४५ बर्षिय आईते माझी, मन्थली नगरपालिका वडा नं ९ ९ पुरानागाउँका ३२ बर्षिय टिकाराज आरण र खाँडादेवी गाउँपालिका घर भइ अहिले सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका वडा नं १ बस्ने ३८ वर्षका नरेन्द्र माझीलाई पक्राउ गरी थप अनुशन्धान कार्य अगाडी बढाइएको छ प्रवक्ता श्रेष्ठले भन्नुभयो । पक्राउ परेका सवैर्ला जुवा ऐन अन्तर्गत कारवाही गरिने प्रहरीले जनाएको छ ।
निषेधाज्ञालाई अवज्ञा गरी जुवा खेल्ने पाँच जना मन्थलीबाट पक्राउ
- प्रकाशित मिति: शनिबार, असार १२ २०७८
- तामाकोशी