दोलखा । दोलखामा मङ्गलबार थप ६२ जना कोरोनामुक्त भएका छन् । जिल्लाको तामाकोसी गाउँपालिकाबाट ४ जना, भिमेश्वर नगरपालिकाबाट ४१ जना र विगु गाउँपालिकाबाट १७ जना कोरोनामुक्त भएका हुन् । त्यसैगरी मङ्गलबार थप २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चरिकोट अस्पतालमा ४९ जनाको पीसीआर परीक्षण गरिएकोमा १५ जना र स्थानीय तहमा ४६ जनाको एन्टिजेन परीक्षण गरिएकोमा १३ जना गरि जम्मा २८ जना नयाँ संक्रमित थपिएका हुन् । आज थपिएका सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ४३७ पुगेको छ ।
दोलखामा आज ६२ जना कोरोनामुक्त, २८ जना सङ्क्रमित थपिए
- प्रकाशित मिति: मंगलबार, असार ८ २०७८
- तामाकोशी