रामेछाप । बागमती प्रदेश सरकारले रामेछाप जिल्लालाई ४६ करोड ४७ लाख अनुदान उपलब्ध गराएको छ । प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७८÷०७९ को लागि उक्त बजेट उपलब्ध गराएको हो । बागमती प्रदेश सरकारले अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्र्तगत उक्त बजेट उपलब्ध गराएको हो । प्रदेश सरकारका अनुसार प्रदेशभित्रका स्थानीय तहलाई वित्तीय समानीकरण, सशर्त अनुदान, विशेष अनुदान, समपुरक अनुदान बजेट उपलब्ध गराउनेछ । संघीय सरकार प्रदेश सरकारबाट प्राप्त हुने बजेटको आधारमा जिल्लाका आठ वटै स्थानीय तह बजेट निर्माणमा जुटेका छन् । आगामी आर्थिक बर्षको लागि आठ वटै स्थानीय तहले यस आर्थिक बर्ष बराबरकै बजेट ल्याउने तयारी गरेका छन् । प्रदेश सरकारले मन्थली नगरपालिकालाई ७ करोड ९२ लाख १६ हजार, रामेछाप नगरपालिकालाई ६ करोड ४१ लाख २८ हजार रुपैयाँ उपलब्ध गराउने छ । त्यसैगरी प्रदेश सरकारले उमाकुण्ड गाउँपालिलाई ४ करोड ७९ लाख ८६ हजार, खाँडादेवी गाउँपालिलाई ७ करोड, १० लाख १९ हजार, गोकुलगंगा गाउँपालिकालाई ४ करोड ७२ हजार, दोरम्बा गाउँपालिकालाई ६ करोड ३५ लाख, लिखुतामाकोशी गाउँपालिकालाई ४ करोड २५ लाख १० हजार र सुनापति गाउँपालिकाः ४ करोड ९२ लाख, ३९ हजार रुपैयाँ बजेट उपलब्ध गराउने छ ।
बागमती प्रदेशबाट रामेछापलाई ४६ करोड बजेट : कुन पालिकालाई कति ?
- प्रकाशित मिति: सोमबार, असार ७ २०७८
- तामाकोशी