रामेछापमा आज ४५ जना कोरोनामुक्त, २२ जना सङ्क्रमित थपिए

  • प्रकाशित मिति: सोमबार, असार ७ २०७८
  • तामाकोशी

रामेछाप । रामेछापमा सोमबार ४५ जना कोरोनामुक्त भएका छन् । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ७७६ जना पुगेको छ । सोमबार जिल्ला अस्पताल रामेछापबाट एक जना, रामेछाप नगरपालिकाबाट १९ जना, खाँडादेवी गाउँपालिकाबाट पाँच जना, गोकुलगंगा गाउँपालिकाबाट ६ जना, लिखुतामाकोशी गाउँपालिकाबाट एक जना, सुनापति गाउँपालिकाबाट ९ जना र तामाकोशी अस्पतालबाट चार जना कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यस्तै जिल्लामा सोमबार २२ जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्ला अस्पतालमा ९ जना, उमाकुण्ड गाउँपालिकामा पाँच जना, खाँडादेवी गाउँपालिकामा एक जना, गोकुलगंगा गाउँपालिकामा पाँच जना र तामाकोशी अस्पतालमा दुई जनाको एन्टिजेन रिपोर्ट पनि पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या एक हजार ९४९ जना पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म जिल्लामा कोरोना सङ्क्रमणबाट १७ जनाको ज्यान गएको छ भने २१ जनालाई थप उपचारका लागि रिफर गरिएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले १५६ जना कोरोनाका संक्रिय संक्रमित छन् ।