रामेछाप । रामेछापमा आइतबार १५ जना कोरोनामुक्त भएका छन् । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ७३१ जना पुगेको छ । आइतबार मन्थली नगरपालिकाबाट पाँच जना, रामेछाप नगरपालिकाबाट सात जना, लिखुतामाकोशी गाउँपालिकाबाट दुई जना र तामाकोशी अस्पतालबाट एक जना कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यस्तै जिल्लामा आइतबार ८ जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्ला अस्पतालमा तीन जना, मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा दुई जना, खाँडादेवी गाउँपालिकामा दुई जना र लिखुतामाकोशी गाउँपालिकामा एक जनाको एन्टिजेन रिपोर्ट पनि पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या एक हजार ९२७ जना पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म जिल्लामा कोरोना सङ्क्रमणबाट १७ जनाको ज्यान गएको छ भने २१ जनालाई थप उपचारका लागि रिफर गरिएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले १७९ जना कोरोनाका संक्रिय संक्रमित छन् ।
रामेछापमा आज १५ जना कोरोनामुक्त, ८ जना सङ्क्रमित थपिए
- प्रकाशित मिति: आइतबार, असार ६ २०७८
- तामाकोशी