गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

  • प्रकाशित मिति: शुक्रबार, असार ४ २०७८
  • तामाकोशी

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाउनुभएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेलले माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङे सहित ३१ जनाको मत प्राप्त गर्नुभयो । यसअघि तिनै ३१ जनाको समर्थनमा उहाँ गएको जेठ २९ गते गण्डकी प्रदेशको मुख्यमन्त्री बन्नुभएको थियो । बहुमतका आधारमा मुख्यमन्त्री चुनिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री पोखरेलले आज प्रदेश सभाबाट विश्वासको मत लिनुभएको हो ।