४१८७ जना भए संक्रमण मुक्त, थप ४१ जनाको मृ’त्यु

  • प्रकाशित मिति: मंगलबार, असार १ २०७८
  • तामाकोशी

काठमाडौं, असार १ गते । देशभर १३ हजार २९० जनाको कोभिड १९ परीक्षण हुँदा २ हजार ७४५ जनामा संक्रमण देखिएको छ।

७ हजार ४४९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६८१ जनामा र ५ हजार ८४१ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ६४ जनामा संक्रमण देखिएको हो। यस्तै, संक्रमणका कारण थप ४१ जनाको मृ’त्यु भएको छ। हालसम्म देशभर ८ हजार ५०६ जनाको संक्रमणका कारण मृ’त्यु भइसकेको छ।



पछिल्लो २४ घण्टामा ४ हजार १८७ जना संक्रमण मुक्त भएका छन्। यससँगै देशभर कूल सक्रिय संक्रमितको संख्या ६३ हजार २५७ पुगेको छ।