राष्ट्रिय युवा संघ रामेछापद्वारा प्रेस चौतारी कोषलाई १५ हजार रुपैँया सहयोग

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ २७ २०७८
  • तामाकोशी

रामेछाप । राष्ट्रिय युवा संघ रामेछापले प्रेस चौतारी नेपाल रामेछापको प्रेस चौतारी कोषमा नगद १५ हजार रुपैँसहयोग गरेको छ । मुलक कोरोना भाइरस कोभिड–१९ को दोस्रो लहरसँग लडिरहेका बेला अग्रभागमा रहेर सूचना सम्प्रेषण गर्ने प्रगतिशिल पत्रकारहरुको संस्था प्रेस चौतारीमा आवद्ध पत्रकारको सुरक्षा र उपचारका लागि युवा संघले नगद १५ हजार सहित स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।बिहीबार राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय स्थायी कमिटी सदस्य अमित कार्की, सचिवालय सदस्य एवंम् रामेछापका अध्यक्ष गणेशबज्र लामा, सचिवालय सदस्य एवम् रामेछाका उपाध्यक्ष सुरेन्द्र कार्की लगायतको उपस्थितिमा प्रेस चौतारी रामेछापका अध्यक्ष युनिक बिफा घिसिङलाई नगद र स्वास्थ्य सामाग्री हस्तान्तरण गएिको हो ।
विश्व नै कोरोनाबाट अक्रान्त बनिरहेको बेला महत्वपूर्ण सूचना सम्प्रेषणका लागि खटिरहेका प्रेस चौतारीमा आवद्ध पत्रकाहरुलाई हुनेसक्ने जोखिमतालाई मध्यनजर गरी उनीहरुको सुरक्षा र उपचारमा सहयोग पुगोस् भनेर सहयोग गरिएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय स्थायी कमिटी सदस्य अमित कार्कीले बताउनुभयो । पत्रकार जुनसुकै बेला सङ्क्रमणमा पर्नसक्ने भएकाले पत्रकारहरुको सुरक्षा र उपचारका लागि राष्ट्रिय युवा संघले थप सहयोग गर्ने केन्द्रीय सचिवालय सदस्य एवम् रामेछापका अध्यक्ष गणेशबज्र लामाले बताउनुभयो । कोभिड नियन्त्रण र उपचारमा सघाउने राष्ट्रिय युवा संघको अभियान अन्र्तगत नगद तथा स्वास्थ्य सामाग्री प्रदान गरिएको राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य एवम् रामेछापका उपाध्यक्ष सुरेन्द्र कार्कीले बताउनुभयो । चौतारीको कोषमा जम्मा भएको रकम चौतारी अवद्ध पत्रकारलाई समस्या परेको बेला जुनसुकै बेला पनि खर्च गर्नसकिने चौतारीका अध्यक्ष युनिकविफा घिसिङले बताउनुभयो । प्राप्त स्वास्थ्य सामाग्री पत्रकार, तथा सञ्चारमाध्यमलाई माग आवश्यकताको आधारमा वितरण गरिने उहाँले बताउनुभयो ।