रामेछापको बेथानमा जीप दुर्घ’टना, ६ जना घाइ’ते

  • प्रकाशित मिति: बुधबार, जेष्ठ २६ २०७८
  • तामाकोशी

रामेछाप, जेष्ठ २६ गते । सुनापति गाउँपालिका वडा नं ४ बेथानको लोप्राङमा आज बिहान भएको जीप दुर्घट’नामा ६ जना घाइ’ते भएका छन् ।

लोप्राङबाट बेथानकै डहु तर्फ जाँदै गरेको प्रदेश ३–०१ ०२४ च ५५५२ नम्बरको बोलेरो जीप करिब ११ बजेतिर दुर्घट’ना हुँदा जीपमा सवार ६ जना घाइ’ते भएका प्रहरीले जनाएको छ ।



घाइ’तेहरुको स्थानीय र बेथान प्रहरी चौकीबाट खटिएका प्रहरीले उद्धार गरेका छन् । अहिले सबै घाइतेको बेथान स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार घाइ’तेको अवस्था सामान्य छ र चालक लोप्राङका २२ वर्षीय रामशरण श्रेष्ठलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।