रामेछाप । रामेछापमा ट्याक्टरबाट खसेर एक जनाको ज्यान गएको छ । शनिवार साँझ मन्थली नगरपालिका वडा नं १ बसपार्कबाट हाटेचौरतर्फ रड लिएर जादै गरेको ना ६ त ४५८५ नंम्बरको ट्याक्टरबाट खस्दा दैलेख नौमुले गाउँपालिका वडा नं २ का कृष्ण शाहीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक श्रीशङ्कर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार ट्याक्टरबाट खसेर घाइते भएका २० वर्षीय शाहीको तामाकोशी अस्पताल उपचारको क्रममा शनिबार साँझ ६ः५७ बजे ज्यान गएको हो । ट्याक्टर चालक रामेछाप नगरपालिका–१ का ३२ बर्षिय डोर बहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु
- प्रकाशित मिति: आइतबार, जेष्ठ २३ २०७८
- तामाकोशी