काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र भीम रावललगायतका केही नेताहरुलाई मात्रै बाहिर राखेर पार्टी एकता गर्ने पक्षमा पुगेका छन् । नेता नेपाल र रावललाई यसअघि नै उनले पार्टीबाट निश्काषन गरिसकेका छन् ।
पछिल्लो समय ओलीले आफूले स्पष्टीकरण सोधेका १२ जना सांसदलाई कारबाही भने गरेका छैनन् । ती १२ जना सांसदसँग उनले व्यक्तिगत रुपमा डिल गरेको पाईएको छ । यो बीचमा उनले नेपाल पक्षका नेताहरुलाई बालुवाटार बोलाएर एकताको लागि प्रयास गर्न सुझाएका छन् ।
तर, माधव नेपाल, झलनाथ खनाल र भीम रावललाई बाहिर राखेर मात्रै एकता गर्न सकिने उनको प्रस्ताव छ । प्रतिनिधिसभा विघटन गरेपछि ओली राष्टिय राजनीतिमा दबाब र घेराबन्दीमा छन् । मन्त्रीहरुले नै आफ्नो कदमको बचाउ गर्न नसकेको उनको गुनासो रहँदै आएको छ ।
एमाले विभाजन कसैको पनि हितमा नहुने भन्दै उनी पक्षधर नेताहरुले एकताको लागि हदैसम्मको लचकता अपनाउन सुझाव दिएका छन् ।