ओखलढुंगा । ओखलढुंगामा शुक्रबार ६४ जना कोरोना संक्रमित थपिएका छन् । पिसीआर परीक्षणबाट ४६ जना र जिल्ला अस्पताल तथा ओखलढुंगा सामुदायीक अस्पतालमा गरिएको ४९ जनाको एन्टिजेन परिक्षणमा १८ जनामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित देखिएकामध्ये अधिकाशं मोलुङ गाउँपालिकाका रहेको र अन्य केही सिद्धिचरण नगरपालिकाका समेत रहेको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । यो सँगै जिल्लामा कोरोना संक्रमित हुने कुल संख्या ५६८ जना पुगेको छ। जसमध्ये ५० जना निको भएका छन् भने दुईजनाको ज्यान गएको छ । शुक्रबार जिल्लाका चार जना कोरोनामुक्त भएका छन् । जिल्लाको खिजीदेम्बा गाउँपालिकाका तीन जना र सिद्धिचरण नगरपालिकाका एक जना कोरानामुक्त भएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताउनुभयो । उहाँका अनुसार अहिले जिल्लामा संक्रिय संक्रमितको संख्या ५१६ रहेको छ । जससमध्ये २८ जना संस्थागत आईसोलेसनमा रहेका छन भने अन्य सबै होम आईसोलेसनमा बसेका छन् । जिल्लाका अझै १३० जनाको परिक्षण रिपोर्ट आउन बाकीँ छ।
ओखलढुंगामा आज ६४ जना कोरोना संक्रमित थपिए
- प्रकाशित मिति: शुक्रबार, जेष्ठ १४ २०७८
- तामाकोशी