सर्वोच्चमा संसद् विघटन मुद्दाको पेशी तोकियोः १९ रिट बिहीबार, ११ रिट शुक्रबार

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ ११ २०७८
  • तामाकोशी

काठमाडौं । प्रतिनिधि सभा विघटन सम्बन्धी ३० थान रिट सर्वोच्चमा दर्ता भएका छन्। सर्वोच्चले यसरी दर्ता भएका रिटहरुलाई बिहीबार र शुक्रबार दुई दिन गरेर सुनुवाइ गर्ने भएको छ।

अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको पेशी १३ गते बिहीबार र संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ वटा रिटको पेशी १४ गते शुक्रबार लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ।



प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को ३ को सरकारको नेतृत्वमा रहेकै समयमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपधारा ५ अनुसारको सरकार गठनको प्रक्रिया शुरु गरेकी थिइन्।