आज एकै दिनमा ७ हजार १३५ जना संक्रमणमुक्त, १८५ जनाले ज्यान गुमाए

  • प्रकाशित मिति: सोमबार, जेष्ठ १० २०७८
  • तामाकोशी

काठमाडौं, जेठ १० गते । पछिल्लो २४ घण्टामा देशभर ७ हजार १३५ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा ७ हजार १३५ जना संक्रमणमुक्त भएका छन्। यससँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ।



हालसम्म ५ लाख २० हजार ४६१ संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार ८४६ र एन्टिजेन विधिबाट ६०७ जनाको परीक्षण गर्दा ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा १८५ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६ हजार ५३१ पुगेको छ ।