रामेछाप । राष्ट्रिय वाणिज्य बैंक मन्थली शाखा प्रबन्धक रविन्द्र मण्डलको कोरोना सङ्क्रमणबाट निधन भएको छ । रामेछापमा कोरोना सङ्क्रमण भै आफ्नै जिल्ला धनुषाको जनकपुर स्थित जानकी हेल्थ कियरमा उपचारका क्रममा मण्डलको शनिबार बिहान ९ः०० बजे निधन भएको राष्ट्रिय वाणिज्य बैंक मन्थली शाखाका बरिष्ठ सहायक सुदर्शन पौडेलले जानकारी दिनुभयो । धनुसा जिल्ला विधेह नगरपालिका वडा नं ५ घर भएका मण्डल विगत ४ वर्षदेखि राष्ट्रिय वाणिज्य बैंक मन्थली शाखामा शाखा प्रबन्धकमा कार्यरत हुनुहुन्थ्यो । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार मण्डललाई वैशाख २५ गते एन्टिजेन्ट परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमपछि स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि परिवारले गृह जिल्ला धनुषाको जनकपुर लगेका थिए ।
कोरोना सङ्क्रमणबाट राष्ट्रिय वाणिज्य बैंक मन्थली शाखा प्रबन्धक मण्डलको निधन
- प्रकाशित मिति: शनिबार, जेष्ठ ८ २०७८
- तामाकोशी