रामेछापमा आज एकैदिन १ सय४५ जना कोरोना सङ्क्रमित थपिए

  • प्रकाशित मिति: सोमबार, जेष्ठ ३ २०७८
  • तामाकोशी

रामेछाप । रामेछापमा सोमबार एकै दिन १ सय ४५ जना कोरोना सङ्क्रमित थपिएका छन् । यो सँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय ५१ पुगेको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार सोमबार सुनापति गाउँपालिकामा २० जना, दोरम्बा गाउँपालिकामा २८ जना र रामेछाप र मन्थली नगरपालिकाका ९७ जनामा कोरोना सङ्क्रमण भएको छ । सोमबार थपिएका सङ्क्रमित सहित वैशाख ३ गते यता रामेछापमा कोरोना सङ्क्रमित हुनेको संख्या ४ सय ८५ जना पुगेको छ । यसमध्येबाट सोमबार १० जना सहित १२१ जनाले कोरोनालाई जितेर डिस्चार्ज भैसकेको जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो । उहाँका अनुसार जिल्लामा अहिलेसम्म दुई जना कोरोना सङ्क्रमितको ज्यान गएको छ भने आठ जनालाई थप उपचारका लागि काठमाडौं लगायतका विभिन्न अस्पतालमा रिफर गरिएको छ ।