खेलकुद महासंघका केन्द्रीय सह-कोषाध्यक्ष उज्ज्वल सुवेदीलाई कोरोना सङ्क्रमण

  • प्रकाशित मिति: बुधबार, बैशाख १५ २०७८
  • तामाकोशी

रामेछाप । वैशाख १५ गते,
नेकपा एमाले रामेछापका युवा नेता एवम् खेलकुद महासंघका केन्द्रीय सह-कोषाध्यक्ष उज्ज्वल सुवेदीलाई कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । ज्वरो आएपछि रामेछाप सदरमुकाम मन्थली स्थित तामाकोशी अस्पतालमा भार्ना हुनुभएका सुवेदीमा कोरोना सङ्ग मिल्दो जुल्दो लक्षण देखिएपछि कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको हो । बालसंगठन रामेछापका अध्यक्ष तथा रेडियो तीनलाल सञ्चालक समितिका सचिव समेत रहनुभएका सुवेदीमा कोरोनाको पूणर् लक्षण देखिएको छ । ज्वरो आएपछि अस्पताल भर्ना भएको र कोरोनासङ्ग मिल्ने लक्षण देखिएपछि पीसीआर गर्दा आफुमा कोरोना देखिएको सुवेदीले जानकारी दिनुभयो । उहाँले अहिले आफुलाई ज्वरो आउने , शरिर दुख्ने , श्वास फेर्न गारो हुने जस्ता समस्या देखिएको बताउनुभयो । जिल्लामा बुधबार एकैदिन सुवेदी सहित थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्गै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या २६ जना पुगेको छ । बुधबार थप भएका १४ जनासहित जिल्लामा कुल कोरोना सङ्क्रमितको सङ्ख्या २५० जना पुगेको छ । यसमध्ये २२४ जना निको भएर डिस्चार्ज भइसकेका छन् ।