रामेछाप । वैशाख १४ गते,
जिल्ला प्रहरी कार्यालय रामेछापले कोरोना भाइरस कोभिड-१९ को सङ्क्रमणबाट बच्नका लागि स्वास्थ्य सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी टोलीले कोरोना सङ्क्रमणको बढ्दो जोखिमतालाई ध्यानमा राखेर जनचेतनामूलक व्यानरसहित बजार क्षेत्रमा सर्वसाधरण तथा सवारी चालकलाई ‘तपाइँको मास्क खोई ?, ‘कोरोनाबाट आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा लेखिएको सचेतनामूलक पर्चा वितरण गरेको हो । साथै, प्रहीले माइकिङ गरेर मन्थली बजार क्षेत्रका नागरिकलाई मास्क नलगाई हिडेमा सङ्क्रामक रोग ऐन, २०२० अनुसार कारबाही हुने कुराको समेत जानकारी गराएको थियो ।
रामेछापमा प्रहरीको ‘तपाइँको मास्क खोई ? अभियान
- प्रकाशित मिति: मंगलबार, बैशाख १४ २०७८
- तामाकोशी