खोटाङ । वैशाख १३ गते,
जिल्ला प्रशासन कार्यालय खोटाङले विभिन्न ठाउँमा लाग्ने हाटबजार बन्द गर्ने निणर्य गरेको छ । हाटबजारमा भीडभाड बढ्दा कोरोना संक्रमणको जोखिम बढ्ने संभावना रहेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकको निणर्य अनुशार प्रशासनले जिल्लाका विभिन्न स्थानमा लाग्ने हाटबजार बन्द गराउने निणर्य गरेको हो। कोभिड-१९ को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अर्को व्यवस्था नभएसम्मका लागि हाटबजार बन्द गराउने निणर्य गरिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक एबं प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिनुभयो । देशमा दिनानुदिन जोखिम बढिरहेको समयमा हाटबजारमा भने भिडभाड देखिन थालेपछि प्रशासनले चासो देखाएको हो। जिल्लाको दिक्तेल, बाक्सिला, ऐसेलुखर्क, अर्खौले, बुईपा, मात्तिम, पञ्चमी, खोटाङबजार, चिसापानी लगायतका ठाउँमा साप्ताहिकरुपमा हाटबजार लाग्ने गरेको छ।सुरक्षाका मापदण्ड पालना नगरी हिँडडुल गरेको वा अनावश्यक भिडभाड गरेको पाइएमा नियन्त्रणमा लिएर संक्रमण रोग ऐन २०२० अनुशार कारबाही गर्ने व्यवस्था छ।
खोटाङको विभिन्न ठाउँमा लाग्ने हाटबजार बन्द
- प्रकाशित मिति: सोमबार, बैशाख १३ २०७८
- तामाकोशी