रामेछाप । बैशाख ३ गते ,
यो आर्थिक वर्षको चैतसम्म रामेछाप जिल्ला अदालतले झण्डै ३५ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । चालु आर्थिक वर्ष २०७७/०७८ को साउनदेखि चैतसम्मको अवधिमा अदालतमा कुल ६०९ वटा मुद्दा दर्ता भएकोमा ३४ दशमलव ६५ प्रतिशत अर्थात २११ वटा मुद्दा फछ्र्यौट गरेको हो । अब १८४ मुद्दा फछ्र्यौट हुन बाँकी रहेका छन् । गत चैतसम्म जबरजस्ती करणीका ३५ वटा मुद्दा परेकोमा १९ वटाको फछ्र्यौट हुन बाँकी रहेको ,सम्बन्ध विच्छेदका १३५ वटा मुद्दा परेकोमा ४१ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको जिल्ला न्यायाधिस मोहनराज भट्टराईले बताउनुभयो । यो अवधिमा लगातार सुनुवाई हुने ४४ वटा मुद्दा दर्ता भएकोमा १६ वटाको फछ्र्यौट गरिएको र २८ वटाको फछ्र्यौट हुन बाँकी छ ,अन्य ३९५ वटा मुद्दा परेकोमा २११ वटा मुद्दा फछ्र्यौट गरिएको छ ,जिल्ला न्यायाधिस भट्टराईले भन्नुभयो । उहाँका अनुसार बाँकी १४८ वटा मुद्दाको फछ्र्यौट हुन बाँकी छ ।जिल्ला अदालतले गत आर्थिक वर्ष २०७६/०७७ बाट जिम्मेवारी सरेर आएको २७९ वर्ष २ महिना २५ दिन र चालु आर्थिक वर्षको २२३ वर्ष ६ महिना २७ दिन गरी जम्मा ५०२ वर्ष ९ महिना २२ दिनको कैद लगत मध्ये २१२ वर्ष २ महिना १९ दिन बराबरको कैद लगत फछ्र्यौट गरेको छ भने २९१ वर्ष ६ महिना २३ दिन बराबरको कैद लगत फछ्र्यौट हुन बाँकी छ । यस्तै, गत आर्थिक वर्ष ९ करोड २४ लाख ९० हजार ७४० रुपियाँ र यस आर्थिक वर्ष २ करोड ३० लाख ९८ हजार ८९४ रुपियाँ गरी जम्मा ११ करोड २८ लाख ६३४ रुपियाँ जरिवाना बापतको लगत रहेको थियो । त्यसमध्ये ९ करोड २५ लाख ६७ हजार ८२० रुपियाँ बराबरको जरिवाना लगत फछ्र्यौ भएको र बाँकी ११ करोड २ लाख ३४ हजार ८१४ रुपियाँ बराबरको जरिवाना लगत फछ्र्यौट हुन बाँकी रहेको न्यायाधीश भट्टराईले बताउनुभयो ।
जिल्ला अदालत रामेछापद्धारा ३५ प्रतिशत मुद्दा फछ्र्यौट
- प्रकाशित मिति: शुक्रबार, बैशाख ३ २०७८
- तामाकोशी