रामेछाप । चैत २७ गते,
नेकपा एमाले सुनापाती गाउँ कमिटी रामेछापको अध्यक्षमा ज्ञान कुमार योञ्जन चयन हुनुभएको छ । विहीबार भएको वृहत् कार्यकर्ता भेलाले अध्यक्ष योञ्चन र राम कृष्ण लामा सचिव सहित ७५ सदस्य सुनापाती गाउँ कमिटी गठन गरेको हो । नेपाल सरकारका उर्जा तथा जलस्रोत मन्त्री टोप बहादुर रायमाझी , बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेल, एमालेका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री कमल प्रसाद चौलागाईं, केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेल, नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठ, नेता रत्न गौतम, जिल्ला कमिटी राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य रबिन्स लामा लगायतका नेताहरु सहभागितामा विहीबार भएको भेलाले सुनापति गाउँकमिटी बनाएको हो ।
एमाले सुनापती गाउँकमिटीकोे अध्यक्षमा ज्ञान कुमार योञ्जन
- प्रकाशित मिति: शुक्रबार, चैत्र २७ २०७७
- तामाकोशी