दुई जिल्ला जोड्ने झोलुङ्गे पुल निर्माण

  • प्रकाशित मिति: शनिबार, फाल्गुन २९ २०७७
  • तामाकोशी

रामेछाप । फागुन २९ गते ,
जिल्लाको रामेछाप नगरपालिका वडा नं–४ हिमगङ्गाको लखनटार स्थित लिखु नदीमा झोलुङ्गे पुल बनेपछि वर्षौदेखी समस्या झेल्दै आएका नागरिकहरुको आवत जावतमा सहज भएको छ । पुल बनेपछि आफ्नो ज्यानको बाजि लगाएर डुङगा र गाडीको टायरबाट नदी वारपार गर्नुपर्ने नागरिकको समस्या अन्त्य भएको छ । ८७ मिटर लामो झोलुङ्गे पुल रामेछाप नगरपालिका र सङ्घीय सरकारको ४० लाख ५५ हजार रुपियाँ लागतमा निमार्ण भएको हो । सिमानामा बग्ने लिखु नदीमा पुल बनेसङ्गै रामेछाप र ओखलढुङ्गाका स्थानीय खुसी भएका छन् । झोलुङ्गे पुल बनेपछि ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका र रामेछाप नगरपालिकाका नागरिकहरुलाई सहजता भएको छ । कुल ४० लाख ५५ हजार रुपियाँमा पुल बनेपछि वषौँदेखी विभिन्न समस्या भोग्दै आएका स्थानीयलाई एक जिल्लाबाट अर्काे जिल्लामा आवत जावत गर्न सजिलो भएको रामेछाप नगरपालिकाका इन्जिनियर कुसुम भट्टराईले बताउनुभयो । ज्यानको बाजि थापेर डुङ्गा र गाडीको टायर मार्फत लिखु नदी तर्नुपर्ने नागरिकको बाध्यता पुल निमार्ण भएपछि सधाको लागि टरेको रामेछाप नगरपालिका प्रमुख नरबहादुर थापा मगरले बताउनुभयो । स्थानीयको माग र आवश्यकताका आधारमा झोलुङ्गे पुल बनेपछि दुबै जिल्लाका नागरिकहरु आवत जावत गर्न र खाद्यान्न लगायतका सामाग्रीहरु ओसार पसार गर्न सहजता भएको नगर प्रमुख मगरको भनाई छ ।