रामेछाप । फागुन १७ गते,
रामेछापमा ट्रिफर दुर्घटना हुँदा एकजना घाइते भएका छन् । मन्थली नगरपालिका वडा नं–६ भलुवाजोरको हात्तिटारबाट बालुवा लिएर सदरमुकाम मन्थली तर्फ आउँदै गरेको बा ३ ख ५३६७ नम्बरको ट्रिफर सोमबार दिउँसो दुर्घटना हुँदा चालक घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनामा परि चालक ३१ वर्षिय टेकबहादुर श्रेष्ठ घाइते भएका छन् । घाइते चालक श्रेष्ठको अहिले मन्थलीमा रहेको तामाकोशी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते चालकको टाउँको र दाहिने हातमा चोट लागेको छ । चालक श्रेष्ठको टाउँकोमा चोट लागेकाले सिटीस्क्यान गर्न मंगलबार काठमाण्डौं पठाउने तयारी भैरहेको अस्पतालले जनाएको छ ।
मन्थलीमा ट्रिफर दुर्घटना हुँदा चालक घाइते
- प्रकाशित मिति: सोमबार, फाल्गुन १७ २०७७
- तामाकोशी