संसद पुनःस्थापनाको समर्थनमा रामेछापमा स्वागत -याली तथा सभा

  • प्रकाशित मिति: बुधबार, फाल्गुन १२ २०७७
  • तामाकोशी

रामेछाप । फागनु १२ गते ,
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुह रामेछापले संसद पुनःस्थापनाको समर्थनमा स्वागत ¥याली निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते विघटन गर्नुभएको प्रतिधिसभाको संसदलाई मंगलबार सर्वोच्चले पुनःस्थापना गर्ने फैसाल सुनाएसँगै त्यस फैसलाको समर्थन र स्वागतमा नेकपा प्रचण्ड–नेपाल समुहले सदरमुकाम मन्थलीमा स्वागत ¥याली निकालेको हो । उक्त ¥याली देवकोटाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । नेकपा प्रचण्ड–नेपाल समुह रामेछापका इन्चार्ज देवशंकर पौडेलको प्रमुख आतिथ्यतामा भएको सभालाई नेकपा रामेछापका पार्टी अध्यक्ष मैनकुमार मोक्तान, सुनापति गाउँपालिका अध्यक्ष धावा लामा लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो । उहाँहरुले प्रधानमन्त्री ओलीले गर्नुभएको प्रतिनिधिसभाको संसद विघटनको कदमलाई बदर गरी सर्वोच्चले जनताको पक्षमा फैसला सुनाएको भन्दै यस फैसलाको सबैले स्वागत गर्नुपर्ने बताउनुभयो । साथै, नेकपा नेताहरुले प्रतिगमनका विरुद्धमा सडक आन्दोलनमा उत्रिने जनता एवम् नेता तथा कार्यकर्ताहरुलाई समेत धन्यवाद व्यक्त गर्नुभएको थियो ।