दोश्रो चरणको खोप अभियान अन्तरगत रामेछापका ३९८ जनाले खोप लगाए

  • प्रकाशित मिति: बिहिबार, फाल्गुन ६ २०७७
  • तामाकोशी

रामेछाप । फागुन ६ गते,
कोरोना विरुद्धको दोश्रो चरणको खोप अभियान अन्तरगत हालसम्म रामेछापका ३९८ जनाले खोप लगाएका छन् । खोप अभियान सुरु भएको पाँचौदिन विहीबारसम्म जिल्ला अस्पताल रामेछाप र मन्थली प्राथमिक स्वास्थ्य केन्द्र गरि दुईवटा खोपकेन्द्रबाट ३९८ जनालाई कोरोना विरुद्धको दोस्रो चरणको खोप लगाएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । दोश्रो चरणको खोप अभियान अन्तरगत जिल्लाका सवै स्थानीय तहका जनप्रतिनिधिहरु, जिल्लाका सबै सरकारी कार्यालयका प्रमुख र कर्मचारीहरु, नेपाल प्रहरीहरु, शसस्त्र प्रहरीहरु र बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरु र विभिन्न सामाजिक संघसंस्थामा कार्यरत कर्मचारीहरुलाई कोरोना विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार ओश्रो चरणको खोप लगाउन एक हजार ४०० जनाले आफ्नो नाम टिपाएका छन् । यसअघि पहिलो चरणको खोप अभियान अन्तरगत जिल्लाका स्वास्थ्यकर्मी, स्वयंसेवीका, एम्बुलेन्स चालक, शब हावन चालक, अग्रपक्तिंमा खटिने सुरक्षाकर्मी, फोहोरमैला व्वस्थापन गर्ने कर्मचारी गरि एक हजार ९३ जनालाई खोप लगाइएको थियो ।