रामेछाप । फागुन २ गते,
देशभर जस्तै रामेछापमा पनि दोश्रो चरणको कोरोना विरुद्धको खोप अभियान सुरु भएको छ । खोप अभियान सुरु भएको पहिलो दिन आइतबार १३ जना महिला र ३६ जना पुरुष गरि ४९ जनालाई कोरोना विरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । दोश्रो चरणको खोप अभियान अन्तरगत जिल्लाका आठ वटै स्थानीय तहका जनप्रतिनिधिहरु, जिल्लाका सबै सरकारी कार्यालयका प्रमुख र कर्मचारीहरु, नेपाल प्रहरीहरु, शसस्त्र प्रहरीहरु र बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरु र विभिन्न सामाजिक संघसंस्थामा कार्यरत कर्मचारीहरुलाई कोरोना विरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्रकुमार कर्णले बताउनुभयो । उहाँका अनुसार जिल्ला अस्पताल रामेछापमा फागुन २ गतेदेखी ४ गतेसम्म र मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा फागुन ३ गतेदेखी ८ गतेसम्म खोप लगाइनेछ । स्वास्थ्य कार्यालयका अनुसार खोप लगाउनका लागि एक हजार चारसय जनाले आफ्नो नाम टिपाइसकेका छन् । यसअघि पहिलो चरणको खोप अभियान अन्तरगत जिल्लाका स्वास्थ्यकर्मी, स्वयंसेवीका, एम्बुलेन्स चालक, शब हावन चालक, अग्रपक्तिंमा खटिने सुरक्षाकर्मी, फोहोरमैला व्वस्थापन गर्ने कर्मचारी गरि एक हजार ९३ जनालाई खोप लगाइएको थियो ।
रामेछापमा कोरोना विरुद्धको दोश्रो चरणको खोप अभियान : पहिलो दिन ४९ जनाले खोप लगाए
- प्रकाशित मिति: आइतबार, फाल्गुन २ २०७७
- तामाकोशी