१९ दिनदेखि बन्द रहेको तातोपानी नाका पुनः सुचारु

  • प्रकाशित मिति: मंगलबार, माघ २७ २०७७
  • तामाकोशी

काठमाडौं । माघ २७ गते,
१९ दिनदेखि बन्द रहेको तातोपानी नाका आजबाट पुनः सञ्चालनमा आएको छ । सीमामा रहेको मितेरी पुल पुर्ननिर्माणका लागि भन्दै चिनियाँ पक्षले जनवरी २१ देखि फेब्रुवरी ८ सम्म नाका बन्द गर्ने जनाएको थियो । मर्मत कार्य सकिएकाले नाका पुनः सञ्चालन भएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।बाढीले क्षति पु¥याएको पुल पुनर्निर्माणको काम सम्पन्न भएकाले मंगलबारबाट सामान आउन थालेको भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो । पहिलेकै बाढीले क्षति पु¥याएको पुलको एक भागमा यसवर्षको बाढीले थप क्षति गरेपछि चिनियाँ पक्षले मर्मत गरेको हो ।