रामेछाप । माघ २२ गते,
रामेछापमा बन्द कर्ताहरुले बन्दको आह्वान सहित बजार सरसफाई गरेका छन् । नेकपा दाहाल नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्धमा विहीबार गरिएको बन्द सफल पारिदिन आह्वान गर्दै सदरमुकाम मन्थली बजारको विभिन्न स्थानमा सरसफाई गरेका हुन् । नेकपाका जिल्ला इन्चार्ज देवशंकर पौडेल, सांसद श्याम कुमार श्रेष्ठ र जिल्ला अध्यक्ष मैन कुरमार मोक्तान सहितका नेता तथा कार्यकर्ताहरुले बजार सरसफाई गरेका हुन् । बन्दका कारण जिल्लामा लामो तथा छोटो दुरीका सवारी साधनहरु चलेनन् भने ढुवानी लगायत अत्यावश्यक सामाग्री बोकेका साधहरुलाई प्रहरीले स्कटिङ गरी सम्बन्धीत ठाउँमा पुर्याएको छ । बन्दका कारण मन्थली बजार क्षेत्रमा छिटफुट रुपमा केहि होटल तथा पसलहरु खुलेका छन् भने शिक्षण संस्थाहरु वन्द भएका छन् । सरकारी कार्यालयहरु खुलेपनि बन्दका कारण सेवाग्राहि न्यून मात्रामा आएका छन् । बन्दका कारण हुनसक्ने घटनहरुलाई ध्यानमा राखेर रामेछाप जिल्लामा सुरक्षा व्यवस्था थप कडा पारिएको थियो । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जिल्लामा थप सुरक्षा व्यवस्था मिलाइएको थियो । नेकपा दाहाल नेपाल समुहले आह्वान गरेको आम बन्दहड्ताल अवधिमा जिल्लाभित्र कुनैपनि अप्रिय घटनाहरु नभएको रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज ढुंगानाले जानकारी दिनुभयो ।
रामेछापमा बन्दको प्रभाव : न पुरै बन्द न पुरै खुला
- प्रकाशित मिति: बिहिबार, माघ २२ २०७७
- तामाकोशी