माघ १५ गते नेकपा नेता महेश बस्नेत रामेछाप आउने

  • प्रकाशित मिति: मंगलबार, माघ १३ २०७७
  • तामाकोशी

रामेछाप । माघ १३ गते,
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली समुहका केन्द्रिय सदस्य महेश बस्नेत माघ १५ गते रामेछाप आउनुहुने भएको छ । नेकपा ओली सहुको युवा तथा विद्यार्थी सङ्गठन रामेछापले आयोजना गरेको भेलालाई सम्बाधेन गर्न केन्द्रिय सदस्य बस्नेत पर्सि विहीबार सदरमुकाम मन्थली आउन लाग्नु भएको नेकपा ओली समुह रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रम जिल्ला समन्वय समितिको प्राङ्गणमा मध्याह्न १२ बजेपछि सुरु हुने नेकपा रामेछापका अध्यक्ष श्रेष्ठको भनाई छ । उहाँका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ । केन्द्रिय सदस्य बस्नेतले पछिल्लो समय राष्ट्रिय राजनीतिमा देखिएका चुनौती र समसामयिक विषयका सन्दर्भमा छलफल गर्नुहुने अध्यक्ष श्रेष्ठले बताउनुभयो । सो दिन मोटरसाइल तथा माक्स ¥यालीसहित प्रदर्शनी र सम्बोधन लगायतका कार्यक्रमहरु तय गरिएको उहाँको भनाई छ ।