रामेछाप । पुस २९ गते,
रामेछापका सवै पालिकामा नेकपा ओली समुहको इन्चार्ज तोकिएका छन् । प्रदेश कमिटीले जिल्लाको दुई नगरपालिका र ६ वटा गाउँपालिकाको इन्चार्ज तोकेको हो । अेली समुहले तत्कालको लागि केन्द्रीय महाधिवेशन आयोजक समितिमा रहेका केन्द्रीय सदस्यहरुलाई नै स्थानीय कमिटीको इन्चार्जको जिम्मेवारी दिएको छ । नेकपा ओली समुहले उमाकुण्ड गाउँ कमिटीको इन्चार्जमा केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल ,गोकुलगंगा गाउँपालिकाको इन्चार्जमा केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य गीता कार्की , लिखु तामाकोसी गाउँपालिकाको इन्चार्जमा केन्द्रीय सदस्य माधव ढुंगेल, रामेछाप नगर कमिटीको इन्चार्जमा राजकुमार श्रेष्ठ,मन्थली नगर कमिटीको इन्चार्जमा केन्द्रीय महाधिवेशन आयोजक कमिटीका सदस्य माया कार्की, खाँडादेवी गाउँ कमिटीको इन्चार्जमा केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य एवं खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङलाई लाई जिम्मेवारी दिएको छ । यस्तै सुनापती गाउँ कमिटीको इन्चार्जमा केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य भुवन घिमिरे र दोरम्बा गाउँ कमिटीको इन्चार्जमा केन्द्रीय महाधिवेशन आयोजक कमिटीका सदस्य तुला प्रसाद कँडेललाई लाई जिम्मेवारी तोकेको छ । तत्काल पार्टीको आवश्यकता अनुसार नेताहरुको कार्यविभाजन गरिएको नकपा ओली समुहले जनाएको छ ।
रामेछापका सवै पालिकामा नेकपा ओली समुहको इन्चार्ज तोकियो
- प्रकाशित मिति: बुधबार, पुष २९ २०७७
- तामाकोशी