रामेछाप । मंसिर २८ गते,
जिल्लामै स्वाब सङ्कलन गरि कोरोना भाइरस कोभिड १९ परीक्षणका लागि पठाइएका रामेछापका २५ जनाको रिपोर्ट आउन बाँकि छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले मङ्सिर २७ गते स्वाब पठाइएका गोकुलगंगा गाउँपालिकाका २५ जनाको रिपोर्ट आउन बाँकि रहेको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाबाटै स्वाब पठाइएकोमा सङ्क्रमित भएका मध्ये १९४ जनाले कोरोना भाइरस कोभिड १९ लाई जितेँका छन् । जिल्लामा हासम्म २०२ जनामा कोरोना सङ्क्रमण भएकोमा अब मन्थली नगरपालिकामा सात जना र गोकुलगंगा गाउँपालिकामा एकजना गरी आठजना सक्रिय सङ्क्रमित कोरोनामुक्त हुन बाँकि रहेको उहाँले बताउनुभयो । स्वास्थ्य कार्यालय रामेछापका अनुसार जिल्लामा हालसम्म दुईहजार ४२० जनाको स्वाब परीक्षण गरिएकोमा दुईहजार २१८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । हालसम्म जिल्लाको मन्थली नगरपालिकामा १०१ जना, रामेछाप नगरपालिकामा २८ जना ,गोकुलगंगा गाउँपालिकामा २६ जना ,लिखुतामाकोसी गाउँपालिकामा २० जना , सुनापति गाउँपालिकामा दशजना , जिल्ला अस्पतालमा नौँ जना ,उमाकुण्ड गाउँपालिकामा दुईजना , खाँडादेवी गाउँपालिकामा तीनजना र दोरम्बा गाउँपालिकामा तीनजना कोराना सङ्क्रमित भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार रामेछाप स्थायी घर भै काठमाडौं लगायत विभिन्न स्थानमा बसोबास गर्ने महिला ८७ जना र पुरुष २०६ जना गरी २९३ जनालाई कोरोना सङ्क्रमण भएको छ ।
रामेछापका २५ जनाको कोरोना रिपोर्ट आउन बाँकि
- प्रकाशित मिति: आइतबार, मंसिर २८ २०७७
- तामाकोशी